धनकुटाको सहिदभूमि–१ मा समाजवादीको टोल समिति गठन

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित सहिदभूमि गाउँपालिका वडा नं १ पोखरेलमा टोल स्तरीय समिति गठन गरिएको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)का धनकुटा जिल्ला इन्चार्ज राजकुमार राईको उपस्थितिमा सोमबार मानदेव राईको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा विमला राई, सचिवमा कौशिला राई, सहसचिवमा किरण लम्जेल र कोषाध्यक्षमा प्रविण राई चयन भएका छन् ।

सो क्रममा समाजवादी महिला संघको टोल समिति गठन गरिएको थियो । जसमा अध्यक्ष विनिता राई, उपाध्यक्ष रामकुमारी राई, सचिव ममता राई र कोषाध्यक्ष इस्निया राई छन् । समिति १५ सदस्यीय छ ।

-News courtesy: www.sarbajanik.com

Visits: 683