स्कुल छिटाे बन्द गर्नुपर्ने भन्दै बाबुरामले भने- छोराछोरीको जीवन प्रमुख कि परीक्षा?

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरि नै फैलिरहेको र हाम्रो छिमेकी देश भारतमा झन तीव्र गतिमा फैलिरहेको भए पनि सरकार संवेदनशील नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सरकारले स्कुलहरु चाडो बन्द गर्नुपर्ने भन्दै ट्वीट गरेका छन् ।

उनले केही दिन स्कुल बन्द गर्दा केही हुन्न भन्दै यस विषयमा सत्तारुढ दलको ध्यान नगएको बताए ।

उनले लेखेका छन्, ‘कोरोना भाइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रुपमा फैलिरहेको स्थितिमा हामीले चाहि स्कुल केही दिन हप्ता बन्द गर्न किन हेलचक्र्याइ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरुको ध्यान जाला ?’

– News courtesy: https://www.sarbajanik.com

Visits: 420