मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए नेकपाको हर्कत देखेर के भन्थे होला?

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पनि माक्र्स, एंगेल्स, लेनिन र माओत्सेतुङ जीवित भएको भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हर्कत देखेर उनीहरु के भन्थे होला भन्दै नेकपाप्रति व्यङ्ग्य गरेका छन् ।

डा. भट्टराईले मंगलबार प्रदेश २ को नाम र राजधानीबारे भएको प्रदेशसभाभित्रको मतदानको प्रसंग जोड्दै उक्त कुरा बताएका हुन् ।

प्रदेश २ को नामका लागि मंगलबार भएको मतदानमा नेकपाले राष्ट्रिय पहिचान ‘मधेस शब्द’ स्वीकार नगरी मिथकीय पात्र जानकीको नाममा प्रदेशको नाम खोजेको भन्दै भट्टराईले ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए के भन्दा हुन्? एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?’

उनले प्रदेश २ को नाम समग्र राष्ट्रिय तथा जातीय पहिचानका लागि मधेस भाषिक पहिचानका लागि मिथिला-भोजपुरा सही भएको बताएका छन् ।

– News courtesy: www.sarbajanik.com

Visits: 835