बिरामी परेपछि डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं- ५ चैत्र २०७६, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनि बुधबार साँझ अस्पताल भर्ना भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार डा. भट्टराई बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको बताइएको छ ।

एकाएक मुटुमा समस्या देखिएपछि भट्टराई अस्पताल पुगेका थिए ।

चिकित्सकहरुले भर्ना गरेर उपचार गर्नुपर्ने बताएपछि भर्ना भएको बताइएको छ ।

News courtesy: https://www.himalpost.com

Visits: 626