भारतमा मजदुरी गर्ने श्रमिकहरुलाई नेपाल छिर्न नदिनु सरकारको अपराध – नेता श्रेष्ठ

१ अप्रिल २०२० । संविधान र राजनैतिक विचारको दृष्टिकोणले बौद्धिक नेता मानिने पूर्व मन्त्री तथा माननीय संघीय सासद राजेन्द्र प्रसाद श्रेष्ठले एक मर्मस्पर्सि स्टाटस मार्फत सरकारले अभिभावकत्व दिनुपर्ने माग गरेका छन् ।

नेता श्रेष्ठले लेख्नु भएको छः
नेपालबाट गएर भारतमा मजदुरी गर्ने सयाैं नेपाली श्रमिकहरू तथा जेष्ठ नागरिक र वाल बच्चाहरूसमेत धार्चुला लगायत नेपालकाे पश्चिमी सिमानामा अलपत्र परेकाे समाचारले दुखित छु । कतिपय व्यक्तिहरू ज्यान जाेखिममा राखेर पौडेरै पनि महाकाली नदी पार गरेकाे खबर छ । आफ्नै नागरिकलाई देशभित्र छिर्न नदिएपछि रुँदै भारततिरै फर्कन बाध्य पार्नु अक्षम्य अपराध हाे । के यो देशमा उनीहरुको पनि उत्तिकै हक छैन र ? दुःखकाे बेला अभिभावकत्व प्रदान गर्नु सरकारकाे कर्तव्य भएकाले ती सबैलाई अबिलम्ब नेपाल छिराएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्दछ ।

नेपालकाे झण्डै ५६ प्रतिशत परिवारका काेहि न काेहि व्यक्ति वैदेशिक राेजगारीमा गइरहेकाे तथा कूल गार्हस्थ उत्पादकाे २५.१ प्रतिशत हिस्सा रेमिटेन्सले ओगटेकाे देशमा अहिले गल्फ क्षेत्रमा कार्यरत श्रमजीवीहरूकाे पनि समस्याहरू रहेकाे कुरा सतहमा आएका छन् । त्यसैले सम्बन्धित देशसँग समन्वय गरी कार्यरत देशमै प्रवन्ध गर्न र स्वदेश फर्किन चाहनेलाई फर्किने व्यवस्था मिलाउन जरूरी छ । यी बाहेक पनि काेविड-१९ काे विश्वव्यापी प्रकाेपका कारण संकट उत्पन्न भएका विभिन्न मुलकहरूमा राजदुतावास मार्फत कम्तिमा एउटा क्वारेन्टाइनस्थल व्यवस्था गर्न जरूरी भएकाे छ । यसतर्फ ध्यान दिन म नेपाल सरकारसँग हार्दिक अनुराेध गर्दछु ।

– News courtesy: www.nepaliSamachar.com

Visits: 2045