रुपनारायण श्रेष्ठको अध्यक्षतामा समाजवादी विद्यार्थी युनियन घोषणा


ललितपुर– २४ अगष्ट २०१९ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भएपछि आइतबार दुई दलका विद्यार्थी संगठनको समायोजन गरिएको छ ।

ललितपुरको किरात याक्थुङ चुम्लुङमा विशेष कार्यक्रम गरी विद्यार्थीसहितका भातृसंगठनहरुको समायोजन गरिएको हो ।
आइतबार रुपनारायण श्रेष्ठको अध्यक्षतामा १५१ सदस्यीय समाजवादी विद्यार्थी युनियन घोषणा गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा रमेश यादव र नेत्र चापागाईँ चयन भएका छन् । उपाध्यक्षहरु ८ जना छन् ।

महासचिव वरुण यादव चयन भएका छन् । उपमहासचिव पनि ६ जना छन् भने सचिव १० जना छन् । समाजवादी विद्यार्थी युनियनको पदाधिकारी नै २९ सदस्यीय बनेको छ ।

Source: sarbajanik.com

Visits: 1024