अशोक राईकाे पहलमा धरानमा डेंगु राेक्न चिकित्सककाे टाेली

धरान-२६ अगष्ट २०१९ । धरानमा डेंगु रोगकाे प्रकोप बढेको भन्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले काठमाडौंबाट चिकित्सकको एक टोली धरानमा बाेलाएका छन् ।

नेता राईले चिकित्सकको टोली धरान आउनेबारे आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । उनले गत भदाै ६ गते धरानमा पार्टी समायोजन कार्यक्रम बोल्दै तीन हजार जना डेंगु प्रभावित हुँदा पनि धरानबाट जितेका सांसद जय राई कता लुकेर बसेका छन् ? भनेर प्रश्न गरेका थिए ।

फेरि पनि सामाजिक संजालमा आक्रोश पोख्दै उनले लेखेका छ्न् – यतिधेरैमा संक्रमण र तलको प्रयत्न असफल हुँदा पनि आवाज दिन नसक्ने निम्छरोपनको अन्त्य गरौँ ।

गत वैशाखकाे अन्तिमबाट धरानमा डेंगु देखिन सुरु भएपछि अहिले नियन्त्रण बाहिर गएको छ । धरानमा डेंगुबाट हाल विपी क्याम र विजयपुर अस्पतालमा उपचार गराउनेको संख्या तीन हजार भन्दा बढी र निजी क्लिनिकमा उपचार गराउने सहितको संख्या मान्ने हो भने पाँच हजार पुगेकाे बताइएकाे छ ।

धरानमा लामो समयदेखि डेंगु रोगको प्रकोपबाट धरानबासी र आगन्तुकसमेत पीडित छन् । धरान उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य र प्रदेशको प्रयास समेत असफल भएको र धरानमा तीन हजार बढीलाई संक्रमण भई पहाडी जिल्लामा समेत फैलन थालेकोले संघीय सरकार स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेर यही गत भाद्र १ गतेबाटै प्रतिकारात्मक तथा उपचारात्मक दुवै अभियानका लागि स्वास्थ्यकर्मी र विशेषज्ञहरूकाे बन्दोबस्त मिलाइएकाे हाे ।

Source: sarbajanik.com

Visits: 944