
जनकपुरधाम । १४ भदौ, २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्तालाई जनताप्रति वफादार भएर अगाडि बढ्न निर्देशन दिएका छन् ।
तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको मधेश प्रदेश अर्थात् प्रदेश २ समितको प्रथम बैठक सनिबार गरिएको हो ।
नेपाल सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा भएको बैठकमा वर्तमान राजनीतिक अवस्था र आगामी रनणीतिबारे छलफल गरिएको छ । बैठकले पार्टीको मधेश प्रदेश समितिको प्रचारप्रसार विभाग प्रमुख तथा प्रवक्तामा प्रदेश सचिव दिनेश यादवलाई चयनसमेत गरेको छ ।
समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष एवं प्रदेश २ सरकारको अर्थमन्त्री समेत रहेका विजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत विभिन्न तहका नेताहरुको सहभागिता थियो ।
Sources:बिनय यादव, न्यूज ब्यूरो, http://enewsbureau.com