समाजवादी पार्टीको केन्द्रीय सल्लाहकार समितिको प्रमुखमा गौतम


२९ भदौ २०१९ । काठमाडौं । समाजवादी पार्टी नेपालले केन्द्रिय सल्लाहकार समितिको जिम्मेवारी भीमप्रसाद गौतमलाई दिएको छ । पूर्व भूमीसुधार मन्त्री समेत रहेका गौतम तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन् । केन्द्रिय सल्लाहकार समितिको सचिवको जिम्मेवारी भने सुमन कुमार चौधरीले पाएका छन् । चोधरी तत्कालिन संघीय समाजवादी फोरम नेपालका नेता हुन् ।

राजधानीमा आइतबार समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गौतमलाई सल्लाहकार समितिको प्रमुखको रुपमा सपथ ग्रहण गराएका छन् ।

समाजवादी पार्टी नेपालका उपाध्यक्ष नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ, हेमराज राई लगायत चार जना सदस्य रहेको कार्यदलले गौतमलाई प्रमुख र चौधरीलाई सल्लाहकार समितिको सचिवमा सिफारिस गरेको थियो । समाजवादीले ९६ जना केन्द्रिय सल्लाहकार समिति बनाएको छ । अर्को बैठकले ३ जना थपेर सल्लाहकार समिति ९९ जना पु¥याइने गौतमले बताए ।केन्द्रिय सल्लाहकार समितिमा फोरमबाट ४७ जना र नयाँ शक्तिबाट ४५ जना परेको उनले बताए ।

गत वैशाख २३ गते तत्कालीन नयाा शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय सल्लाहकार समितिले आइतबार पूर्णता पाएको हो ।

समितिको पहिलो बैठकले सदस्यहरुको कार्यविभाजन समेत गरेको उनले बताए । बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिकासदस्यहरुलाई आ–आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिने काम भएको उनले बताए ।

– अनलाइनखबर

Visits: 864