समाजवादी आदिवासी जनजाति महासंघ घोषणा


ललितपुर । ३० भाद्र २०७६ । समाजवादी पार्टी निकट ‘समाजवादी आदिवासी जनजाति महासंघ’ घोषणा गरिएको छ ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता भएपछि सो पार्टी निकट आदिवासी जनजाति संगठनको समायोजन गरी महासंघ घोषणा गरिएको हो ।

महासंघको अध्यक्षमा चन्द्रविक्रम राई चयन भएका छन् । भोजपुर स्थायी घर भएको उनी समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् ।

सोमबार ललितपुरको तिखेदेवलस्थित् यलखिम पार्टी प्यालेसमा औपचारिक घोषणासभाको आयोजना गरी महासंघको पदाधिकारी तथा सदस्यहरुको घोषणा गरिएको हो ।

पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईलगायत नेताहरुको उपस्थितिमा ७७ सदस्यीय महासंघ घोषणा गरिएको हो ।

महासंघको उपाध्यक्षमा अनुप सुवाल (काठमाडौं), जय गोले (झापा), पुर्मती ढेंगा मगर (पाल्पा), रामबहादुर गुरुङ (गोरखा), राजीव तामाङ (काभ्रे), शाक्य सुरेन (काठमाडौं) सुवास पालुङ्वा (ताप्लेजुङ) र सुरेश चौधरी (बारा) छन् ।

महासचिवमा टेकम बाठा मगर (पश्चिम रुकुम), उपमहासचिवमा युवराज बाहिङ (खोटाङ) चयन भएका छन् ।

सचिवहरुमा खगेन लुङ्वा (पाँचथर), छिरिङ शेर्पा (रामेछाप), मनमाया छन्त्याल (बाग्लुङ), राजन डोने (उदयपुर), सुकवीर थामी (इलाम) छन् । कोषाध्यक्षमा निमा हेल्मो (नुवाकोट) चयन भएका छन् ।

महासंघका पदाधिकारीहरुलाई पार्टी अध्यक्ष भट्टराई सपथग्रहण गराएका थिए ।

Sources: sarbajanik.com

Visits: 2220