नेकपा, कांग्रेस र जनमुक्ति परित्याग गरी दुई सयजना समाजवादीमा प्रवेश


नवलपुर । २६ सेप्टेम्बर २०१९ । नेकपा, नेपाली कांग्रेस र जनमुक्ति पार्टीका गरी करिब दुई सय जना कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

विहीबार समाजवादी पार्टीको नवलपुर जिल्ला समायोजन घोषणासभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खादा लगाएर स्वागत गरेका छन् ।

सो कार्यक्रममा समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राई विशेष अतिथि थिए ।

नवलपुर जिल्लाको समायोजनपछि डिबी गुरुङको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्य समिति घोषणा गरिएको छ ।

News source: sarbajanik.com

Visits: 1350