टोरोन्टो क्यानडामा चेम्जोङको अध्यक्षतामा नेपाली समाज गठन

क्यानडा । ग्रेटर टोरोन्टोको मिसीसिगा सहरमा नेपाली समाज क्यानडा तदर्थ समिति गठन गरिएको छ ।

सेप्टेम्बर २८ मा बसेको लब्ध प्रतिष्ठीत व्यक्तिहरुको बैठकले समिति गठन गरेको हो ।

बैठकले जनक चेम्जोङको अध्यक्षतामा सर्वसम्मत रुपमा सात सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा आदि (भीमु) याकथुम्बा, समीर कापर, परशु राई, सुरेन्द्र लावती, तेन्जिङ भुटिया, सिताराम तेयुङ लिम्बु, भुपेन्द्र राई, डिल्ली बिक्रम इदिंङ्गो, राजकुमार राई र ऐश्यर्व राई छन् ।

आवश्यकता अनुसार तर्दथ समिति बिस्तार गर्ने अधिकार तर्दथ समितिलाई नै दिइएको छ ।

समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार प्रा. महेन्द्र लावतीको उपस्थितिमा बसेको उक्त बैठकले समिति गठन गरेको हो । समितिको अधिवेशन सन् २०२० को मे महिनामा गर्ने निर्णय गरिएको छ ।

Visits: 1536