
काठमाडौं, १५ असोज २०७६ । समाजवादी पार्टीनिकट लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं गठन भएको छ ।
भेलाले तारावीर लिम्बूको अध्यक्षतामा बुधबार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विवस हेल्लोक, देबेन्द्र नेम्वाङ, सचिवमा अनुप लिङदेन, सहसचिवमा लोकेन्द्र थाम्सुहाङ, हेमा लिम्बू र कोषाध्यक्षमा महेन्द्र लुम्फुङवा चयन भएका छन् ।
सदस्यहरुमा सेमिमा तुम्बाहाम्फे, पूर्णप्रसाद जबेगु, शान्ता याङखुङ, सम्पदा योङया, सबिता पन्धाक, रञ्जना श्रेष्ठ, गणेश सम्बाहाम्फे, भक्त माखिम, छितिज लावती, ज्योतिकुमार जवेगु, रत्ना लावती लगायत छन् ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, अर्का केन्द्रीय सदस्य तथा गैरभौगोलिक विशेष प्रदेश समितिका सहइन्चार्ज दिपेन्द्र आङदेम्बे, केन्द्रीय सम्पर्क समितिका मुख्य सचिव पदम फेउदिन र उपाध्यक्ष धिरेन सम्बाहाम्फेलगायत नेताहरु उपस्थित भेलाले समिति गठन गरेको हो ।
भेला लिम्बुवान प्रदेश सम्पर्क समितिका कार्यबाहक अध्यक्ष भवानी आङदेम्बेको अध्यक्षतामा भएको हो भने सचिव भेषराज चेम्जोङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Source: https://nayaonline.com