शुभकामना आदान-प्रदान तथा स्वास्थ परामर्श


१६ आश्विन २०७६ । समाजवादी पार्टी, नेवाः राष्ट्रिय समितिले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा ‘शुभकामना आदान–प्रदान तथा स्वास्थ परामर्श’ कार्यक्रम गर्ने भएको छ ।

काठमाडैँको खुसिबुस्थित नेपाः ब्याङ्केटमा कार्यक्रम गरिने भएको छ । असोज १८ गते शनिबार बिहान ११ बजे कार्यक्रम प्रारम्भ हुनेछ । उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टीका सह-अध्यक्ष मा. राजेन्द्र प्रसाद श्रेष्ठ हुनेछन् । त्यसैगरी अतिथिहरुमा पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु रहनेछन् ।कार्यक्रमको प्रमुख आकर्षण स्वास्थ परामर्श रहेको छ । स्वास्थ परामर्श (१) डा. महेशमान श्रेष्ठ र (२) पोषणविद् शीला शर्माले दिनेछन् । मेडिकल डाक्टरले कसरी स्वस्थ रहन सकिन्छ भन्ने सम्बन्धमा परामर्श दिनेछन् भने पोषणविद्ले स्वस्थ खानपिन सम्बन्धमा परामर्श दिनेछन् ।

काठमाडौँ उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक सबैलाई कार्यक्रममा सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।

-परिवर्तन भट्टराई (कृति)
Source: http://pradhanata.com

Visits: 1089