समाजवादी पार्टीका जिल्ला अध्यक्षमा शिशिर

बनेपा- १२ आश्विन २०७६ । नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच भएको पार्टी एकताबाट बनेको समाजवादी पार्टी नेपालको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा कृष्णकुमार भण्डारी (शिशिर) लाई चयन गरिएको छ।

केही समय अगाडि सम्पन्न भएको भेलाले भण्डारीलाई अध्यक्ष चयन गरेको आज घोषणा गरिएको हो। पार्टीको केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सो घोषणा गरेको हो। जसको उपाध्यक्षमा वीरबहादुर तामाङ, रामहरि खनाल र मिलन लामा रहेका छन् भने सचिवमा रकम लामा, सहसचिवमा राजिव लामा र कोषाध्यक्षमा सजनी तामाङ रहेका छन्।

भेलाले पूर्वनयाँ शक्ति पार्टीका तर्फबाट र ५० र सङ्घीय समाजवादी फोरमबाट ४९ गरी ९९ जनाको जिल्ला कमिटी चयन गरिएको घोषणा गरेका छन्। पार्टीको जिल्ला सल्लाहकारमा १९ जना रहेको सो पार्टीले जनाएको छ।

घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका प्रदेश नं ३ का इन्चार्ज केवि बजुले नेपाली जनतालाई सत्ता र सरकारमा समान सहभागिता र पहुँच पुर्‍याउने व्यवस्था स्थापित गर्न आन्दोलन गर्नुपरेको बताए। रासस

Visits: 881