कुपोषण अन्तको लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक: मूख्यमन्त्री राउत


जनकपुरधाम, १६ असोज २०७६ । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्त गर्नको लागि तीनै तहका सरकारलाई समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

सेतो गुरास बाल विकास केन्द्रले जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गई रहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार तीन तहका सरकार संग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य बाबुलाल साह, अशोक यादव, बेची लुंगेली सहित बाल बालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

– अतिस मिश्र, facebook wall

Visits: 539