पाँचथरमा पाँच दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश


पाँचथर । १३ अक्टोबर २०१९ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करिब पाँच दर्जन नेता तथा कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडामा आयोजित कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपा परित्याग गरी ५६ जना नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेका हुन् ।

तत्कालीन नवमीडाँडा गाविसमा तीन कार्यकाल उपप्रधानपञ्‍च भएर राजनीतिक क्षेत्रमा क्रियाशील आङदेम्बे, राप्रपाका दलवीर आङ्देम्बेको नेतृत्वमा पार्टी प्रवेश गरेका हुन् ।

आङदेम्बेको नेतृत्वमा पूर्व जनमुक्ति सेना नेपाल प्लाटुन कमाण्डर दिलकुमार खजुम, पूर्व जनमुक्ति सेना भानुभक्त खजुम, गौरीमान आड़देम्बे, बिनोद आड़देम्बे, गुमानध्वज आड़देम्बे, मनप्रसाद तामाड़, यामबहादुर तामाङलगायत समाजवादीमा प्रवेश गरेका हुन् ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज मुकुम नेम्बाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य एविराज आङदेम्बे सहित मलिसा याक्थुङबा, टीका नेम्बाङ, शर्मिला आङदेम्बे, मणि कुरूम्बाङ, डिएम आङदेम्बे, राज चाम्लिङ, राम लावती, टिआर आङदेम्बे, गजेन्द्र लावती लगायत नेता थिए ।

फाल्गुनन्द गाउँपालिका-१ उम्लाबुङमा शनिबार बिमला नेम्वाङकाे अध्यक्षतामा २५ सदस्य वडा समिति गठन गरिएकाे छ ।

Source: sarbajanik.com

Visits: 1141