युकेको समाजवादी र नयाँशक्ति समायोजन हुदै

युके । ५ अक्टोबर २०१९ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता पछि प्रवासमा रहेका भात्रि संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघिय समाजवादी फोरमको प्रवास अंग नेपाली संघिय समाज युके र नयाँ शक्ति पार्टीको भात्री संगठन अन्तरराष्ट्रिय नेपाली समाज युकेको समायोजन अक्टोबर छब्बीसमा हुने भएकोछ |

समाजवादी पार्टीका केन्द्रिय सदस्य भगवान राई, टेकबहादुर थापा पार्टीका सल्लाकार लक्ष्मन तुलाचन लगायतको उपस्थितिमा समायोजन समितिको हिजो बेलायतको अल्डरसतमा बसेको बैठकले समायोजनको टुंगो लगाएको छ |

आगामी अधिवेशन नभए सम्मका लागि नेपाली संघिय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तरराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ दुवै जना अध्यक्ष रहनेगरी दुइ संगठन बीच समायोजन गर्ने सहमति भएको कुरा समायोजन समितिका संयोजक रत्न थापाले बताउनु भएको छ | समायोजन पछि समाजवादी पार्टीको भात्री संगठनको नाम नेपाली समाज यूनाईटेड किङ्गडम रहने सहमति पनि भएकोछ | यस अघि दश वटा राष्ट्रहरुमा समायोजनको काम सम्पन्न भैसकेको छ |

Visits: 606