समाजवादीका केन्द्रीय सदस्य विजय याेक्पाङदेनको निधन


काठमाडौं । गत २८ अक्टोबर २०१९ का दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य विजय योक्पाङदेनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी दुई वर्षदेखि किड्नी फेल भएर उपचाररत थिए ।

पाँथथरको फिदिम घर भएका उनलाई झापाको साेमबार विर्तामोडस्थित एक अस्पतालबाट डिस्चार्ज गरी घर लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।

उनी समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको सचिवालय सदस्य पनि थिए । लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमका अनुसार नेता योक्पाङदेनलाई श्रदाञ्जलीका लागि उनको पार्थिव शरीर सोमबार र मंगलबार फिदिममा राखिने छ । बुधबार लिम्बू परम्पराअनुसार उनको दाहसंस्कार गरिने छ ।

पाँचथरमा समाजवादी पार्टी निर्माणमा उनको महत्वपूर्ण भूमिका छ । नेपाल सरकारका कुशल पूर्व इन्जिनियर समेत रहेका उनी पाँचथरमा राम्रा नेतामा गनिन्थे ।

योक्पाङदेनको निधनपछि पार्टीका नेता तथा कार्यकर्ताका साथै उनका सहकर्मी तथा शुभचिन्तकहरुले दुःख व्यक्त गर्दै श्रदाञ्जली दिएका छन् ।

Visits: 641