प्रदेश नं १ समायोजन सम्पन्न, प्रदेश अध्यक्षमा प्रविण चाम्लिङ चयन

धरान । गत २५ अक्टोबर २०१९ का दिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको प्रदेश नं १ को समितिहरु समायोजन गरी प्रविण चाम्लिङको अध्यक्षतामा नयाँ समिति घोषणा गरिएको हो ।

समाजवादीबाट अध्यक्ष चाम्लिङसहिच ५७ र नयाँ शक्तिबाट समितिका मुख्यसचिव प्रभुराम श्रेष्ठसहित ४३ गरी कूल १०० सदस्यीय समिति घोषणा गरिएको हो ।

समाजवादीबाट अध्यक्ष चाम्लिङ, चार जना उपाध्यक्ष, एकजना सचिव र एकजना कोषाध्यक्ष गरी सात जना पदाधिकारी भएका छन् ।

नयाँ शक्तिबाट मुख्यसचिव श्रेष्ठसहित एक उपाध्यक्ष र दुई सचिव गरी ४ जना पदाधिकारी भएका छन् ।
समाजवादीबाट उपाध्यक्ष हुनेहरुमा दिपक याक्खा, घनश्याक कटुवाल, सविता यादव र राजकुमार यादव छन् । समाजवादीबाट सचिवमा प्रेम वनेम र कोषाध्यक्षमा विनोद नेम्वाङ चयन भएका छन् ।

नयाँ शक्तिबाट उपाध्यक्षमा उमेश थापा छन् भने सचिवहरुमा भरत दाहाल र सुर्य राई छन् ।

समिति घोषणासभामा पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ लगायत नेताहरु सहभागी भएका थिए ।

News source: sarbajanik.com

Visits: 891