नेकपा र कांग्रेसका नेतासहित सयौं कार्यकर्ता समाजवादीमा प्रवेश

आन्दोलनकाे उपलब्धि रक्षाका लागि संघर्ष जारी छ


सप्तरी । १३ कार्तिक २०७६ । सप्तरीमा नेपाली कांग्रेस र नेकपा परित्याग गरि सयौं नेता तथा कर्याकर्ताहरू बुधबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सप्तरीको हनुमान नगर कंकालनी र राजगढ गाउँपालिकामा आयोजित छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रममा उनीहरू समाजवादीमा प्रवेश गरेका हुन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका नेकपाका नेता मो शकिल अली समाजवादीमा प्रवेश गरेका छन् । सप्तरीकै क्षेत्र नं ३ ख का स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादव पनि समाजवादीमा प्रवेश गरेका छन् ।

अली र यादवकाे नेतृत्वमा नेकपा र कांग्रेसका सयाैं कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत सहितका नेताहरुले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।


साे क्रममा अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष अझै जारी रहेको बताए ।

प्रतिक्रियावादी शक्तिहरू संघीयता, गणतन्त्र र धर्मनिरप्रेक्षताविरुद्ध षडयन्त्र गरिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीसमेत रहेका यादवले त्यस्ता प्रतिक्रियावादीहरुविरुद्ध निरन्तर आन्दोलन जारी राख्ने बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष लालबाबु राउतले उत्पीडित समुदायको अधिकार प्राप्ति समाजवादीबाट मात्र सम्भव रहेको बताए ।

उनले समाजवादी पार्टीले अगामी दिनमा प्रदेश मात्र नभई केन्द्रीय सरकारकाे पनि नेतृत्व गर्ने उनले बताए ।

कार्यक्रममा पार्टी उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका कृषि मन्त्री शैलेन्द्र साह, प्रतिनिधिसभा सदस्य डा सुर्यनारायण यादव, प्रदेशसभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समितका मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव, जिल्ला अध्यक्ष केदार यादवलगायत नेताकाे सहभागिता थियाे ।

News courtesy: sarbajanik.com

Visits: 1683