उपनिर्वाचनका लागि समाजवादीले टुंग्यायो केही उम्मेदवारको नामावली

१७ कात्तिक, काठमाडौं । समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य उम्मेदवार टुँगो लगाएको छ । पार्टीकाे आइतबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवारहरूको टुंगो लगाएको हो ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की-२ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउन लागेको समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

गुरुङ भूपू ब्रिटिश गोर्खा तथा इन्जिनियर हुन । पार्टी प्रदेश कमिटीले रामबहादुर नेपाली, किरण थापा र गुरुङको नाम सिफारिस भएको थियो ।

यस्तै, बाग्लुङ-२ (ख) मा अशोककुमार बिक र दाङ-३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ ।

भक्तपुर (ख) बाट भने सिफारिस हुन बाँकी रहेको उपाध्यक्ष रकम चेम्जोङले जानकारी दिए ।

Visits: 782