समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक

काठमाडौं, २८ कात्तिक २०७६ । समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठक सुरु भएको छ । बैठक बिहीबार १२ बजेदेखि प्रज्ञा भवनमा सुरु भएको हो । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको यो पहिलो संघीय परिषद बैठक हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले पेश गरेको २५ पृष्ठ लामो दस्तावेजमा समाजवादी पार्टी निर्माण गर्नुको उद्देश्य, समकालीन विश्व राजनीति र वैचारिक संकटबारे चर्चा गरिएको छ । त्यस्तै नेपालको राष्ट्रिय परिस्थितिको गहन विश्लेषण, उत्पीडित राष्ट्रियताको मुक्ति र संघीयताको महत्वबारे उल्लेख छ ।

सुशासन, समृद्धि, पहिचान र संघीयताबारे समेत दस्तावेजमा उल्लेख गरिएको छ । मुलुकलाई लोकतान्त्रीकरण र संघीयकरण नगरी विकास र सुशासन कायम गर्न नसकिने समाजवादी पार्टीको निष्कर्ष छ ।

यस्तो छ दस्तावेजको पूर्णपाठः
डाउनलोड गर्नुहोस >>>>

News courtesy: nayaonline.com

Visits: 1108