उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा कानुनमन्त्रीको पदभार ग्रहण

काठमाडौं, ९ मंसिर २०७६ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार सिंहदबारमा पुगेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ ।

मन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । वहाले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराउनु भयो । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने वहाको निर्देशन थियो ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने पनि बताउनु भयो ।

Visits: 872