उपनिर्वाचनमा समाजवादीको प्रगति, अधिल्लो निर्वाचन भन्दा थप एक वडामा जित

गत १२ मंसिर २०७६ मा सम्पन्न उपनिर्वाचनमा समाजवादी पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले जितेको ठाँउमा जित हात पारेको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा यस अघि ३ स्थानमा जितेका समाजवादीले थप एक वडाअध्यक्ष जितेर प्रगति गरेको छ ।

विजयी हुनेहरुमा महोत्तरीको वलवा नगरपालिका वार्ड न १ बाट रामबाबु महत्तो, सर्लाहीको हरिपुर्वा नगर पालिका वार्ड न १ बाट रामबाबु राय, बाराको बारागढी गाँउपालिका वडा न १ का सुरेश प्रसाद चौधरी, पर्साको सखुवा प्रसौनी गाउपालिका वडा न ५ बाट रुपलाल कुमार यादव रहेका छन् ।

हरिपुर्वा १ मा यसअघि नेकपाले र बारागढि १ मा नेपाली काँग्रेसले जितेका थिए ।
——————————————————————–

विभिन्न स्रोतबाट आएका समाचारहरु

महोत्तरीको वलवा नगरपालिका ८ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो विजयी भएका छन् ।

महतोको ६ सय ५९ मत आएको थियो । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निर्वल यादवले तीन सय ४६ मत ल्याएका थिए ।
———————————————————————-

पर्साको महुवनमा समाजवादीका रुपलाल विजयी

इरफान बाबु,
वीरगंज, १५ मंसिर । पर्साको सखुवा-प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनको उपनिर्वाचनमा रुपलाल कुमार यादव विजयी भएका छन् । वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रुपलाल २ सय १२ मतले विजयी भएका हुन् ।

रुपलाल एक हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका छन् । नेकपाका उदशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्थितमा बिजयी उम्मेदवार रुपलाललाई प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले प्रमाण पत्र वितरण गरेका थिए ।
——————————————————–

वलवा नगरपालिका ८, महोत्तरीको वडाध्यक्ष: रामबाबु महतो
सखुवाप्रसौनी-५, पर्साको वडाध्यक्ष: रामबाबु महतो
हरिपुर्वा-१, सर्लाही समाजवादी, (अघिल्लो निर्वाचनमा नेकपाले जितेको स्थान)
बारागढी-१, बारा समाजवादी (अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको स्थान)

Visits: 852