समाजवादी पार्टीले गर्यो सरकारबाट बाहिरिने निर्णय

काठमाडौँ — सत्ता साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक उमाशंक अरगरियाले पार्टी सरकारबाट बाहिरिने पक्का भएको बताए । तर, औपचारिक निर्णय भने आजै बस्ने संसदीय दलको बैठकले गर्ने पनि उनले बताए ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादव नेकपा नेतृत्व सरकारमा उपप्रधानमन्त्री एवं कानुनमन्त्री छन्। मोहम्मद इश्तियाक राई समाजवादी पार्टीबाटशहरी विकासमन्त्री छन्।

पदाधिकारी बैठकले उपप्रधानमन्त्री यादव र मन्त्री राइले आजै राजीनामा दिने निर्णय गरेको हो। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे भने बुधबार निर्णय गरिने भएको छ।

संविधान संशोधनको मागसहित समाजवादी सरकारमा सहभागी भएको थियो।

प्रकाशित : पुस ८, २०७६ १३:३७

News source: https://ekantipur.com

Visits: 440