विप्लव नेकपाका चार जना नेता समाजवादीमा प्रवेश

बुटवल । ३१ डिसेम्बर २०१९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना नेताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाको गुल्मी जिल्ला सचिवालय सदस्य कृष्ण विक, पाल्पा जल्ला सदस्य कालिन्धर नेपाली तथा विद्यार्थी नेता विकास नेपाली र करिना विक सोमबार समाजवादीमा प्रवेश गरेका हुन् ।

सोमबार समाजवादी पार्टी प्रदेश नं ५ द्वारा बुटवलमा आयोजित प्रशिक्षण कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
समाजवादीका उपाध्यक्ष, प्रशिक्षण विभाग प्रमुख तथा पूर्वमन्त्री हेमराज राई र विभागको उपप्रमुख डम्बर खतिवडाले खाँदा लगाएर उनीहरुलाई स्वागत गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष राई र उपमहासचिव रहेका खतिवडाले पार्टीको नीति र कार्यक्रमबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रदेश नं ५ का इन्चार्ज दानबहादुर चौधरी, सहइन्चार्ज चिनक कुर्मी, कमल खनाल, नविनकुमार सुनुवारका साथै अशोक यादव, यज्ञ पोखरेल, वीरबहादुर गुरुङ लगायत पार्टीका नेताहरुको सहभागिता थियो ।

News source: sarbajanik.com

Visits: 531