सरकारमाथि बाबुरामको व्यंग्य : देश नै यति समूहलाई जिम्मा दिए भइगोनि

पुस १३, २०७६ काठमाडौं । समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति समूहलाई गोकर्ण रिसोर्टको म्याद थप गरेकोबारे सरकारमाथि व्यंग्य गरेका छन् ।

उनले ‘यति’ को खोजीमा वैज्ञानिकहरु अहिले पनि लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले ‘यति’लाई हुर्काएर जब्बर जन्तु बनाएको आरोप लगाएका छन्। ‘यतिको खोजीमा वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन,’ बाबुरामले ट्विटरमा लेखेका छन । त्यस्तै उनले देश नै यति समूहलाई जिम्मा लगाए हुन्छ भन्दै सरकारलाई व्यंग्य गरेका छन्। ‘नेपाल ट्रष्टका पदाधिकारहरूले ‘यति’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्‍ने ठोकुवा गरेछन्’, उनले भनेका छन्, ‘उसो भए पूरै देश ‘यति’ कै जिम्मा लगाए भइगोनि। समृद्ध नेपाल बनाउने क्या गजब काइदा!’

News source www.thahakhabar.com

Visits: 2052