नेपाली समाज पोर्चुगलको अध्यक्षमा शेर्पा

लिस्बन, १० असार २०७६ । नेपाली समाज पोर्चुगलको संयोजकमा सोम शेर्पा चयन भएका छन् । नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भई नेपाली समाज पोर्तुगल गठन भएसँगै समाजले नयाँ नेतृत्व पाएको हो ।

आइतबार दुई सङ्गठनबीच एकीकरणको घोषणा कार्यक्रम आयोजना गरी २७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । समाजको सहअध्यक्षमा भरत ढकाल, उपाध्यक्षहरुमा ओमकार खरेल, प्रशान्त गुरुङ, रविन चौधरी र रिञ्जी शेर्पा चयन भएका छन् । त्यसैगरी महासचिवमा ईश्वर पाण्डे, उपमहासचिवमा राजु लामा सचिवमा सुशील आचार्य, विष्णुप्रसाद खतिवडा, फुर्वा लामा, अभिषेक माबुङ, कोषाध्यक्षमा पेम्बागेलु शेर्पा र सहकोषाध्यक्षमा जिग्मे लामा रहेका छन् ।

समाजका सदस्यहरुमा सोनी शेर्पा, बिना भट्टराई, युगलकिशोर झा, सागर लामा, अस्मिता कँडेल, विपिनकुमार यादव, पुष्प गुरुङ, राजु वाइबा, फुर्वा शेर्पा र बलबहादुर राई रहेका छन् । त्यसैगरी, समाजले धन शेर्पाको संयोजकत्वमा आनन्द गुरुङ, पेम्बा शेर्पा, स्वयम्भु तुलाधार, राजेन्द्र शेर्पा, राजन ढुंगाना, याम गुरुङ, कुमार योञ्जन, सुमन विक, आङनुरी शेर्पा, राजन सुनुवार, विमल पन्थी, कला राई, साङ्थु शेर्पा, बालगोपाल मगर, केन्द्र लिम्बु, बुनु राई, हरिकृष्ण पन्थी र दावा लामा रहेको १९ सदस्यीय सल्लाहकार समितिको गठन गरेको नवनिर्वाचित समाजका सचिव विष्णुप्रसाद खतिवडाले जानकारी दिए ।

समाजको प्रवक्तामा प्रकाश गजमेर र युवा संयोजकमा दिनेश गुरुङ चयन भएका छन् । एकता कार्यक्रममा वक्ताहरुले संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको पार्टी एकतापछि बनेको समाजवादी पार्टी नेपाल नेपाली राजनीतिको विकल्प बनेर आउने बताए । वक्ताहरुद्ये पोर्चुगल समाजसँग समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

घोषणा सभामा संघीय समाजवादी फोरमका पूर्ववैकल्पिक केन्द्रीय सदस्य पेम्बागेल्बु शेर्पा, पर्यटन बोर्डका एचपीआरआर रमेशकुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य पेम्बा शेर्पा, गैरआवासीय नेपाली संघ एनआरएनएका नारायणकाजी थापा मगर, पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, प्रवासी नेपाली एकता मञ्चका गोविन्द पौडेल, जनसम्पर्क समितिका रमेश कँडेलले समाजको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी जनप्रगतिशील मञ्चका नारायण सुवेदी, जनप्रगतिशील मोर्चाका प्रदीप अधिकारी, एकता समाजअका गोम सुवेदी, नारी समाजकी मीना खरेल, काँग्रेस पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका आनन्द गुरुङलगायतले पनि शुभकामना र शुभेच्छा प्रकट गरेका थिए ।

Visits: 1634