खोटाङमा समाजवादी युवा र विद्यार्थीकाे आयोजनामा दुईदिने प्रशिक्षण सम्पन्न

खोटाङ । खोटाङको दिक्तेलमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ खोटाङको संयुक्त आयोजनामा दुईदिने नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण बिहीबार र शुक्रबार भएको हो । जसमा युवा र विद्यार्थी गरी पचाँस जना सहभागी थिए ।

पहिलो दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राई, समाजवादी पार्टी प्रदेश नं १ का सदस्य मोहन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष निर्मल राईले प्रशिक्षण दिएका थिए ।


दोस्रो दिन समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई, समाजवादी पार्टी प्रदेश नं १ का सचिव सुर्य राई, सदस्य केशवराज कार्की, समाजवादी पार्टी खोटाङ जिल्लाका अध्यक्ष टंक थापा, उपाध्यक्ष मणि राई र विद्यार्र्थी नेता रविन खम्बूले प्रशिक्षण दिएका थिए ।

News source: www.sarbajanik.com

Visits: 784