विराटनगर : समाजवादी पार्टी नेपालको भाव सम्प्रेषण तथा अभिमुखीकरण कार्यक्रम १ नम्बर प्रदेशको बिराटनगरमा सुरु भएको छ ।
बैशाख २३ गते भएको तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको पार्टी एकीकरणपछि त्यसको भाव सम्प्रेषण गर्ने र पार्टी एकीकरण बारे अभिमुखीकरण प्रदान गर्ने केन्द्रीय कार्यकारीणी समितिको निर्णय अनुसार कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान्मन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, पर्शुराम खापुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम समाजवादी पार्टी नेपाल १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङको अध्यक्षतामा सुरु भएको हो ।
Leave a Reply