ट्रेड युनियन समायाेजन: नेकपा र कांग्रेसका ५१ जना समाजवादीमा प्रवेश

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समायाेजन

पोखरा । ४ माघ २०७६ । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित मुक्तिनाथ लेकाली होटलमा आयोजित ‘समाजवादी ट्रेड युनियन महासंघ नेपाल र समाजवादी निर्माण मजदुर संघ नेपाल गण्डकी प्रदेशको एकता तथा समायोजन कार्यक्रम’मा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरु नेकपा र कांग्रेसका मजदुर कार्यकर्ता हुन् । समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले टीका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको समायोजन गरिएको छ ।

महासंघका महासचिव डिबी सरोज राईकाअनुसार समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश अध्यक्षमा शिवबहादुर अधिकारी चयन भएका छन् । गण्डकी प्रदेश समिति ३५ सदस्यीय छ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालनिकट दुई मजदुर संगठनबीच समायोजन गरिएको हो ।

यसैगरी ट्रेड युनियन महासंघको घटकको रुपमा रहेको समाजवादी निर्माण मजदुुर संघ गण्डकी प्रदेश समिति समेत समायोजन गरिएको छ ।

विशालसिंह ठकुरीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति घोषणा गरिएको छ ।


सो अवसरमा समाजवादी पार्टीका महासचिव श्रेष्ठले आफ्नाे पार्टीको विचार र कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले मजदुरहरु कुनै पनि दलको मेरुदण्ड भएको समेत बताए ।

कार्यक्रममा समाजवादी पार्टी गण्डकी प्रदेशका इन्चार्ज गणेशमान गुरुङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य लालध्वज नेम्वाङ, देवी सुवेदीलगायत नेता सहभागी थिए ।

समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन रिम बस्यालले गरेका थिए ।

News source: sarbajanik.com

Visits: 852