समाजवादी पार्टी केन्द्रिय सदस्य स्वर्गिय राईलाई काठमाडौमा अन्तिम श्रद्धाञ्जली

काठमाडौ ।  धरानका पुर्व मेयर समाजबादी पार्टीको केन्द्रिय सदस्य ध्यानबहादुर राइ पाटन हस्पिटलमा उपचारको क्रममा दिवंगत हुनु भएको छ । बिगत एक बर्षदेखि दिल्लीको राजिब गान्धी हस्पिटलमा क्यान्सरको उपचार गराइरहनु भएका वहाँलाई केहिदिन अगाडिमात्र काठमाडौ ल्याइएको थियो ।

काठमाडौमा रहेका आफन्त र शुभचिन्तकहरुको तर्फबाट श्रद्धाञ्जली दिनको वहाँको पार्थिब शरीरलाई समाजबादी पार्टिको केन्द्रीय कार्यलयमा बालकुमारीमा राखिएको थियो ।

वहाँलाई संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई , बरिस्ठ नेता अशोककुमार राई , सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । दिवंगत ध्यानबहादुर राई धरानका पुर्व मेयर हुनुका साथै समाजबादी पार्टीका केन्द्रीय सदस्य पनि हुनुन्थ्यो ।

एक मिनेट मौन धारण गरि आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा समाजबादी पार्टीका वरिष्ठ नेता/पुर्व मन्त्री अशोककुमार राई र किरात राई यायोक्खाका केन्द्रीय महासचिव जनक राइले संक्षिप्त श्रद्धाञ्जली प्रकट गर्नु भयो ।

दिवंगत ध्यान बहादुर राइको अन्त्येष्टि भोलि वहाँकै जन्म स्थल लामिडाँडामा गरिने जानकारी वहाँका सहोदर भाइ युबराज राइले गराउनु भएको छ ।

 

News source: nepaliSamachar.com

Visits: 1720