“समाजवादी यूवा स्वरोजगार कोष” बारा जिल्लाको यूवाद्वारा स्थापना

१८ माघ २०७६ गते शनिबारका दिन समाजवादी यूवा संघ बारा कलैयामा समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २ मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष) को अध्यक्षतामा बैठक बस्यो। बैठक ले विभिन्न निर्णणहरु गरयो ।

समाजवादी यूवा संघ, जिल्ला बाराको यूवा समितिको समायोजन तथा पुर्नगठन गर्न मिति २०७६ फागुन ३ गते शनिबार कलैयामा भब्य यूवा भेलाका साथ गर्ने निर्णय गरयो । त्यस्तैगरि समाजवादी यूवा संघमा आबद्ध यूवाहरूको आर्थिक व्यवस्थापन तथा स्वरोजगारका लागि “समाजवादी यूवा स्वरोजगार कोष” स्थापना गर्न सहमति भयो र साथै ७ सदस्य “समाजवादी यूवा स्वरोजगार कोष समिति” गठन गरियो।

कोष समिति, समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २का मुख्यसचिव ओम यादव (मनिष) ज्युको संयोजकत्वमा, प्रदेश यूवा समितिका उपाध्यक्ष विनोद यादव, प्रदेश यूवा सदस्य रूपक पटेल, सुजित पाण्डे, जिल्ला यूवा सदस्य तथा कलैया नगर यूवा अध्यक्ष संजय केशरी, जिल्ला यूवा सदस्य कृष्णबाबु चौधरी र नगर यूवा सदस्य जितेन्द्र कर्ण सहित ७ सदस्य समिति गठन गरियो।

समितिले कोष स्थापना गर्न फागुन ३ गते सम्म सबै नियम, निति, मापढण्ड, अवधारणा, विधान तथा प्रकृया निर्माण गरि फागुन ३ गतेको कार्यक्रममा प्रस्तुत गरि बिधिब्द रूपले संचालन गर्न गराउँन अघि बढ्ने छ। तत्पश्चात कोषमा लगानी संकलन सुरू गरिने छ।

कोषमा संकलन गरिएको रकमले उत्पादनमुलक कार्यमा लगानी गरि आम्दानी गरिने तथा रोजगार सृजना गर्दै संघमा लागेका यूवाको योग्यता, क्षमता अनुरूप रोजगार प्रदान गरिने छ तथा कोषले गरेको आम्दानी सबैमा लगानी अनुरूप सबै लगानीकर्तालाई प्रदान गरिने छ। कोषले आम्दानी गरेको कुल नाफाबाट ५% रकम बाट १% जिल्लाको सहिद परिवारलाई, १% पुर्ण रूपले घाइते ब्यक्तिलाई, तथा बाँकी ३% संघ मार्फत समाजिक कार्य, प्रशिक्षण तथा तालिम प्रदान गर्ने छ।

बैठकमा प्रदेश यूवा समितिका उपाध्यक्ष – बिनोद यादव, प्रदेश यूवा समितिका सचिव राजकुमार कुशवाहा, प्रदेश यूवा समितिका सदस्य रूपक पटेल, उपेन्द्र यादव, सुजित पाण्डे, रमेश यादव, राम प्रवेश गुप्ता, कलैया उपनपा नगर यूवा अध्यक्ष – संजय केशरी, महागढ़ीमाई नपा नगर यूवा अध्यक्ष – जलन्धर यादव, कलैया उपनपा नगर यूवा उपाध्यक्ष -अनिल कुमार गुप्ता, कलैया उपनपा नगर सदस्य – जितेन्द्र कर्ण, लगायत जिल्लाका बिभिन्न स्थानिय तहका जिल्ला समितिका, नगर समिति यूवाहरूको उपस्थिति रहेको थियो।

– मनिष

Visits: 636