समाजवादी विद्यार्थी युनियन दिक्तेल क्याम्पस अध्यक्षमा कृष्ण गिरी

खोटाङ । समाजवादी विद्यार्थी युनियन दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलको अध्यक्ष कृष्ण गिरी चयन भएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका विद्यार्थी संगठनको समायोजन गरी गिरीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा शाकिला भुजेल, सचिवमा सविना श्रेष्ठ, सहसचिवमा निरज राई र कोषाध्यक्षमा डेबिना राई छन् ।

आइतबार गरिएकाे समायाेजन कार्यक्रममा समाजवादी पार्टी खोटाङ जिल्ला समितिका उपाध्यक्ष मणि राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रबिन खम्बु, अञ्जिल राई, जिल्ला अध्यक्ष रोशन राई लगायत विद्यार्थी नेताहरु सहभागी थिए ।

News source: www.sarbajanik.com

Visits: 539