गोर्खामा समाजबादी पार्टी र बाबुराम भट्टराईको क्रेज फेरी बढ्दै,आरुघाट काठमाडौं सम्पर्क मन्च गठन

२३ माघ २०७६ । गोर्खा जिल्ला आरुघाट गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै काठमाडौंमा पेशा ब्यबसाय गरेर बस्ने समाजबादी पार्टी निकट जनसमुदायहरुको भेला काठमाडौं बालाजुमा अबस्थित एक होटेलमा सम्पन्न भएको छ ।

उक्त भेलाले भिम लामिछनेको नेतृत्वमा १५ सदस्यिय आरुघाट काठमाडौं सम्पर्क मन्च गठन गरेको छ । उक्त भेलाले अध्यक्षमा भिम लामिछने उपाध्यक्ष हरुमा रेसम खत्री, पबिन गुरुङ्ग र लोक बहादुर अधिकारी लाई चुनेको छ भने सचिबमा पवन आले, सहसचिब मा सरोज भण्डारी तथा कोषाध्यक्षमा जोन गोर्खेलाई चयन गरेको छ । भेलामा गोर्खा क्षेत्र न १ का नेताहरु गोपालबाबु श्रेष्ठ, भिमसेन थापा, राजेन्द्र खनाल हुकुम खड्का लगायत नेताहरुको उपस्थिति थियो ।

गोर्खा जिल्लामा समाजबादी पार्टी र डा बाबुराम भट्टराईको क्रेज फेरी दिनप्रतिदिन बढ्दै गैरहेको छ । तत्कालिन नया सक्ती पार्टीले गोर्खाबाट बाबुराम भट्टराईलाई चुनाब जिताएर पठाए पनि राष्ट्रीय पार्टी बन्न नसक्दा खिन्न भएका जिल्लाका नेता कार्यकर्ताहरु एकता पश्चात सक्तिशाली पार्टी बने पछी भने निकै प्रफुलित हुँदै पार्टीका कामहरुमा सक्रीयतापूर्वक सहभागी हुन थालेका छन साथै पुराना पार्टीहरु नेकपा र नेपाली कांग्रेसबाट पनि पार्टी प्रबेश गर्ने लहर नै चलेको छ ।

संघीय र प्रदेश सरकार नेकपाको मातहत भएर पनि गोर्खाको बिकास निर्माणमा खासै उल्लेखनिय काम गर्न नसकेको तथा युवाहरुलाई रोजगार सृजना गर्न नसकेको ठुल ठुला भ्रष्टाचारका काण्डहरुमा शिर्ष नेताहरु नै मुछिएको कारण नेकपा प्रती जनताहरु निराश हुँदै गैरहेका छन भने स्थानिय सरकारमा बर्चश्व रहेको नेपाली कांग्रेसले पनि जनतालाई कुनै राम्रो काम गरेर प्रभाब पार्न सकिरहेको छैन बरु उल्टो स्थानियस्तरमा जनतालाई दुख दिरहेको गुनासो चौतर्फी सुनिन्छ । तसर्थ अब गोर्खाको जनताको एक मात्र आशा र भरोसाको केन्द्र डा बाबुराम भट्टराई र समाजबादी पार्टी भएको भन्दै यतिखेर नेकपा र नेपाली कांग्रेस छोड्दै दिनहुँ पार्टी प्रबेस गर्नेको लहर चलिरहेको छ र बिसु अभियानसँगै जिल्लाका स्थापित नेताहरु पनि पार्टी प्रबेश गर्ने तयारिमा रहेको गोर्खा १ नम्वर क्षेत्रका बिसु अभियान संयोजक तथा पार्टीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी फागुन १ गते बाट सम्पुर्ण नेताहरु गोर्खा केन्द्रीत भएर बलियो संगठन निर्माण गर्ने र त्यस्पछी कार्यकर्ताहरुलाई राम्रो प्रशिक्षण तथा ब्यबस्थापनको समेत योजना बनाइरहेको पार्टीका नेता राजेन्द्र खनाल ले वताउनुभयो । गोर्खामा जनता हरु धमाधम आफ्नो पार्टी छोडेर समाजबादी पार्टीमा लाग्नथालेपछी कांग्रेस र नेकपा का नेताहरु भने कार्यकर्ताहरुलाई प्रलोभन देखाएर रोक्ने कोसिस गरिरहेका छन । आगामी चुनाबमा समाजबादी पार्टीको गोर्खामा निकै सक्तिशाली स्थान बन्न सक्ने आंकलन राजनितिक बिश्लेषक हरुले गर्न थालेका छन ।

– News source: www.newstimesnepal.com

Visits: 880