बिसु अभियान: महादेवामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा समाजवादी पार्टीमा प्रबेश

वृजमान तामाङ,
कञ्चनपुर,माघ २७ गते । सप्तरीको माहादेवा गाउँपालिकामा आईतवार विभिन्न पार्टी परित्याग गरि सयौंको संङ्ख्यामा नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न ।

समाजवादी पार्टी माहादेवा गाउँपालिका समितिद्वारा आयोजित बिसु अभियान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, कांग्रेस, राजपा लगायतका विभिन्न पार्टी परित्याग गरि उनिहरु समाजवादिमा प्रबेश गरेका हुन । समाजवादी पार्टी माहादेवा गाउपालिकाका अध्यक्ष दिप नारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले फुलमाला लगाएर पार्टी प्रबेश गराए । कार्यक्रममा नेकपा परित्याग गरि रामदेव यादव, हरिलाल मुखिया, जलेश्वर सरदार, दुर्गालाल सरदार, ढुनाई मुखिया, सरस्वती देबि यादव, उदित नारायण साह लगायतका ६ दर्जन बढी नेताकार्यकर्ता समाजवादीमा प्रबेश गरे । यस्तै महमद सलामत, कासिम, जाकिर, ओकिल, ताहिर सहितका दर्जनौं नेताकार्यकर्ता कांग्रेस र राजपा परित्याग गरि समाजवादीमा प्रबेश गरेका छ्न ।

बिसु अभियान तथा पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष समाजवादी पार्टीका अध्यक्ष यादव,केन्द्रिय उपाध्यक्ष एबम प्रतिनिधि सभा सदस्य रेणु यादव, समाजवादी पार्टीका नेता प्रदेश नम्बर २ का भुमिब्याबस्था कृषि तथा सहकारी मंत्री एबम बिसु अभियानका सप्तरी संयोजक शैलेन्द्र प्रसाद साह, बिसु अभियान सप्तरी क्षेत्र नम्बर ४ का अभियान्ता अनिरुद्व प्रसाद सिंह यादव, समाजवादी पार्टी मधेस प्रदेश समितीका मुख्य सचिब शम्भु झा, सचिब दिनेश कुमार यादव, सप्तरी अध्यक्ष केदार प्रसाद यादवले बिसु अभियानलाई आन्दोलनको रुपमा अधि बढाउनु पर्नेमा जोड दिए । युवा नेता सुवास यादवद्वारा संचालित कार्यक्रममा स्वागत समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम माहादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले गरे ।

News source: https://www.ablokit.com.np

Visits: 2814