बागलुङ, २५ माघ २०७६: समावेशीता बिना ससारको कुनैपनि देश समृध्द बनेको बिश्व उदाहरण नभएको केन्द्रिय सचिब तथा प्रचार प्रसार बिभाग प्रमुख प्रशान्त सिहंले बताउनु भयो ।
समाजवादी पार्टी बागलुङको जिल्ला स्तरिय बिसु अभियान, प्रशिक्षण तथा जनबर्गिय सँगठनहरुको समायोजन कार्यक्रम (सँगठन सुदृढीकरण तथा बिस्तार अभियान ) मा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
ब्यानर बाचन गर्दै उदघाट्न गरिएको कार्यक्रमको उदघाट्न मन्तब्य तथा प्रशिक्षण दिनुहुदै केन्द्रिय उपाध्यक्ष श्री हेमराज राईले “समाजबादी पार्टि मात्रै त्यस्तो पार्टि हो जस्ले नेपालि समाजको बास्तबिक समस्या बिश्लेषण र हल गर्ने अौजारको रुपमा संघीय समाजवादलाई अगाडि सारेको” बताउनु भयो । मगरात स्वायत्त प्रदेस निर्माण गरेर ऐतिहासिक मगरातका राष्ट्रियताहरुलाई अपनत्व सहित आफ्नो प्रदेस हराभरा बनाउन नदिए संघियता सफल नहुने राईले बताउनु भयो ।
बिसु अभियानको सँरचना र सँगठनको बिषयमा बोल्नुहुदै केस तथा प्रदेश अध्यक्ष श्री मोति रिजालले यो अभियान हाम्रा नेता कार्यकर्ताहरुलाई भुईमा टेकाउने महाअभियान रहेको बताउनु भयो ।
News source: http://www.esarokar.com