विभेदकाे अन्त, सुशासन र संमृद्धिकाे लागि समाजवादी पार्टीकाे विकल्प छैनः कार्की

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको आरोप लगाएका छन् ।

मोरङको विराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) उद्घाटन कार्यक्रममा कार्कीले भने, ‘संविधानले दिएको गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीता, समानुपातिक सबै उपलव्धि पूर्ण छैनन् । त्यसैले क्रान्ति पूर्ण भएको छैन ।’

कार्कीले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न जनताका घर घरमा पुग्ने कार्यक्रम नै विसु अभियान रहेको भन्दै सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।

उनले नेकपा र कांग्रेस क्रोनिक क्यापिटलमा फसेको भन्दै उनीहरुबाट मुलुक समृद्ध नहुने जिकिर गरे ।

समाजिक, सांस्कृतिक, शैक्षिक विभेद अन्त्य गर्न र सुशासन ल्याउन अब समुन्नत संघीय समाजवादबाट मात्रै सम्भव हुने भन्दै कार्कीले समाजवादी पार्टीको विकल्प नरहेको दावी गरे ।

शक्ति निर्माणको लागि पार्टीका सबै तहका नेता, कार्यकर्ता परिचालित भएर अभियान सफल पार्नुपर्ने भन्दै उनले एकजुट भएर पार्टी निर्माणमा जुट्न आग्रह गरे ।

News source: www.sarbajanik.com

Visits: 341