सरकार संघीयता असफल पार्ने खेलमा लागेकाे छः उपेन्द्र यादव

विराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् ।

आइतबार विराटनगरमा प्रेस नेपाल माेरङले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् ।

संघीयतालाई बलियो बनाउन प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्ने जिकिर गर्दै उनले पहिचान र सामार्थ्यको आधारमा १० प्लस १ प्रदेश निर्माण अपरिहार्य रहेको औंल्याए ।

नारामा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भँज्याए पनि आफ्नै कार्यक्रममा असफल भएको भन्दै उनले सरकारको बोलाई र गराईमा एकरूपता नरहेकाे टिप्पणी गरे ।

सरकारले प्रेस स्वतन्त्रता हनन् गर्ने धेयका साथ मिडिया काउन्सिल विधेयक, फाेन टाईपिङ र सेना परिचालनलगायत विधेयक प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको भन्दै यादवले साेकाे आलोचना गरे ।

प्रदेश नं २ मा सरकार परिवर्तन हुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा यादवले भने, ‘प्रदेश नं २ को सरकार परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । त्यसैले हुँदैन ।’

News Source: www.sarbajanik.com

Visits: 1106