समाजवादी ट्रेड युनियन महासंघ प्रदेश २ अध्यक्षमा साह [नामावलीसहित]

विरगञ्ज । समाजवादी ट्रेड युनियन महासंघ नेपाल, प्रदेश २ समितिको अध्यक्षमा फुलगेन्द्र प्रसाद साह चुनिएका छन् ।

शनिबार विरगञ्जमा सम्पन्न महासंघको प्रदेश २ को समायोजनबाट साहको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

समितिमा सात जना उपाध्यक्ष बनाइएको छ । जसमा क्रमशः प्रमोद मण्डल, ओमबाबु गुप्ता, शिला झा, जितेन्द्र यादव, शिवनारायण यादव, शोभा चौधरी र रविन्द्रकुमार यादव छन् ।

सचिवमा तेजबहादुर भगत र उदयचन्द मिश्र छन् । सहसचिवमा जगदिश महतो, सुस्मा राई, हविव मन्सुरी, रामविनोद प्रसाद यादव र कमल साह छन् भने कोषाध्यक्षमा बलराम साह चयन भएका छन् ।

पूरा नामावलीः

कार्यक्रममा समाजवादी पार्टीका कोषाध्यक्ष, मधेस प्रदेश समितिका अध्यक्ष तथा प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, प्रदेश राज्यमन्त्री कुमारी यादव, संघीय सांसद प्रदीप यादव, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, उपाध्यक्षहरु विन्देश्वर राय यादव, विष्णु पौडेल, रिम बस्याल, महासचिव डिबी सरोज राई, उपमहासचिव दयाराम राईलगायत नेताहरुको सहभागिता थियो ।

News source: www.sarbajanik.com

Visits: 463