समाजवादी सास्कृतिक महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बिनोद रामदान

पोखरा, ५ फाल्गुन २०७६: पुर्व नया शक्ति र पुर्व संघिय समाजवादी निकट भातृसंगठन सास्कृतिक महासंघको समायोजन पछी बनेको समाजवादी सास्कृतिक महासंघको अध्यक्ष विनोद रामदान चयन भएको छ ।

पार्टीका गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङ्गको प्रमुख अतिथि एवं समाजवादी पार्टी गण्डकी प्रदेश परिषदको अध्यक्ष सुन्दर गुरुङ्ग र गण्डकी प्रदेश उपाध्यक्ष दिपक तामाङको विशेष आतिथ्यतामा भएको समायोजनमा रामदानको अध्यक्षमा २९ सदस्यीय कार्यसमिति बनेको हो । कार्यसमितिको उपाध्यक्षमा मालति राना , मुख्य सचिव: डीबी गुरुङ्ग , सचिव: कुमारी गुरुङ्ग , कोषध्यक्ष: मुना पोखरेल , सह-कोषध्यक्ष: सरिता मगर, सदस्यहरुमा सन्तोष मगर, सुनिल महत, मोहन जिसी, सुजन काफ्ले आदि हुन् ।

समाजवादी साँस्कृतिक महासंघ केन्द्रिय सचीव तथा गण्डकी प्रदेशको संयोजक पार्वती जिसिको अध्यक्षता भएको कार्यक्रमको संचालन डीबी गुरुङ्गले गरेको थियो ।

News courtesy: http://www.esarokar.com

Visits: 1697