समाजवादी पार्टी नयाँ सोंच र विचार बोकेर जनतासामू उभिएको छः उपाध्यक्ष चेम्जाेङ

ओमप्रकाश खापुङको अध्यक्षतामा ३१ सदस्यीय समिति

झापा । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी पार्टी नेपाली राजनीतिमा नयाँ सोंच र नयाँ विचार बोकेर जनतासामू उभिएको बताएका छन् ।

सोमबार झापाकाे मेचीनगरमा आयोजित पार्टीकाे मेचीनगर समायाेजन कार्यक्रममा चेम्जाेङले समाजवादी पार्टी कांग्रेस र कम्युनिष्ट जस्तो पुरानो सोच बोक्ने पार्टी नभएको प्रष्ट पारे ।

उनले नेपाली समाजको समस्यालाई सम्बोधन गर्नकाे लागि समाजवादी पार्टी उत्तम विकल्प भएको जिकिर गरे ।

उनले समाजवादी पार्टीले समुन्नत समाज निर्माण गर्न समावेशिता, पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली चाहेको बताए ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रिय सदस्य तथा प्रदेश सांसद राधा थापा, केन्द्रिय सदस्य सरसता सिंघक, प्रदेश सदस्य दिनेश दंगाल, झापा जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतले विचार राखेका थिए ।


साे कार्यक्रममा तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीकाे नगर समितिकाे समायोजन गरी ओमप्रकाश खापुङको अध्यक्षतामा ३१ सदस्यीय समिति घोषणा गरिएकाे छ ।

यसैगरी कोपिला लावतीको अध्यक्षतामा २१ सदस्यीय समाजवादी महिला समिति, प्रकाश कार्कीको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन समिति समेत गठन गरिएकाे छ ।

– News courtesy: www.sarbajanik.com

Visits: 581