७ फागुन, काठमाडौं । समाजवादी पार्टी (सपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गासम्बन्धी निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साधेर जनतामा भ्रम छरेको बताएका छन् ।
आफू प्रधानमन्त्री भएका २०६९ सालमा भएको नीतिगत निर्णयलाई अनावश्यकरुपमा उछालिएको डा. भट्टराईको दाबी छ ।
‘सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातीर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गरिएको ट्विटमा भनिएको छ ।
सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम@kpsharmaoli ले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।अरूमाथि हिलो छ्यापेर आफ्नो .२ https://t.co/MD6f6ed9wp
— Baburam Bhattarai (@brb1954) February 18, 2020
-News courtesy: www.onlinekhabar.com