धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने

बेलबारी । ०७ फागुन २०७६ । नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश भन्ने मुल नाराका साथ धरानमा लिम्बुवान राष्ट्रिय भेला हुने भएको छ ।

समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा चैत्र १ र २ गते धरानमा लिम्बुवान भेला हुने भएको हो । चैत्र १ गते हुने भेलाको उद्घाटन सत्रमा समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव, डा. बावुराम भट्टराई, बरिष्ट नेता अशोक राई लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ । भेलाको बन्द सत्रमा करिब ५ सय प्रतिनिधिहरुको उपस्थिति रहने लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव केदार धिमालले जानकारी दिनु भयो । बन्दसत्रमा पहिचानको आन्दोलन, लिम्बुवान आन्दोलन लगायतको बिषयमा विज्ञहरुबाट कार्यपत्र समेत पेश हुने मुख्यसचिव धिमालले जानकारी दिनुभयो ।

समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, आदिवासी अभियन्ता नन्द कन्दङवा, डिबि आङ्बुहाङ, प्रा. डा. कृष्ण हाछेतु र समितिका तर्फबाट अध्यक्ष खगेन्द्र माखिमले कार्यपत्र प्रस्तुत गर्ने धिमालले जानकारी दिनुभयो ।

News courtesy: शताब्दी न्युज, http://www.satabdinews.com

Visits: 997