म लगायत सबै पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौंः डा भट्टराई

१४ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीलगायत सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभामा समय लिएर बोल्दै डा भट्टराईले भने गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’

डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्‍नसमेत गरेका छन्। प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ। त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’

अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी उनले गरे।

– News courtesy: https://www.sansarnews.com

Visits: 525