समाजवादीको प्रवास विशेष प्रदेश समिति घोषणा, गुरुङ अध्यक्ष (भिडियो सहित)

काठमाडौं । २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टीको प्रवास अंग प्रवास बिषेश प्रदेश समितिको घोषणा भएको छ ।

समितिमा नयाँशक्तिको तर्फबाट अध्यक्ष धन गुरुङ र संघीय समाजवादी फोरमका तर्फबाट मुख्यसचिव विश्वास दीप तिगेलालाई पार्टीले चयन गरेको छ । ११ सदसिय पदाधिकारीहरुमा भर्खरै समायोजन भएको दुवै पार्टीका तर्फबाट आधाआधा चयन गरिएका छन् । उपाध्यक्षहरुमा क्रमशः पूर्व डिआईजी पार्वती थापामगर, पेम्बा गेलु शेर्पा, सुवन चौलागाई, सुन्दर तामाङ, र मिलन कान्छा किराती रहेका छन् । त्यस्तै गरि ३ सचिवहरुमा क्रमशः प्रमोद श्रेष्ठ, मनिष यादव, मनोज गौतम, र कोषाध्यक्षमा धनबहादुर बिक रहेका छन् ।

समितिको इन्चार्जमा आङकाजी शेर्पा र पाँच सहइन्चार्जहरुमा क्रमशः मानबहादुर राई, जि.एस. गुरुङ, भगवान चाम्लिङ, लक्ष्मण हुमागाई र सुनिल थापालाई तोकेको छ ।

पार्टी केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव र परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दिप प्रज्वलन गरि घोषणा सभाको उदघाटन गर्नुभएको थियो । डा. भट्टराईले देशको शान्ति र संमृद्धिको निम्ति अहिले कच्चा पदार्थ मात्र भेला गर्दै गरेको अवस्था रहेकोले विदेशमा रहेका नेपालीहरुले पनि सक्दो योगदान गर्नुपर्ने मन्तब्य राख्नु भयो । त्यस्तैगरि अध्यक्ष यादवले देश समाजवाद उन्मुख नभएर समाजवाद विमुख गएको र अहिलेको संविधान शंसोधन गर्नुको विकल्प नरहेको बताउनु भयो । त्यस्तैगरि अर्का बक्ता बरिष्ठ नेता असोक राईले नेपालमा लोकतन्त्र होइन दलतन्त्र मात्र आएको प्रसंग उप्काउनु भयो र सहअध्यक्ष माननीय राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको सरकार विरालोलाई दुधको साँची राख्नु जस्तै भएको उद्धाहरण दिनुहुदै अहिलेको सरकार पूर्णरुपमा भ्रष्ट्राचारमा डुबेको बताउनु भयो र महासचिव माननीय रामसहाय प्रसाद यादवले पनि प्रवास विशेष प्रदेश समितिलाई शुभ कामना ब्यक्त गर्नुभयो ।

प्रवास समितिको उपाध्यक्ष पेम्बा गेलुको सभापतित्वमा आयोजित घोषणा सभामा चयन भएका पदाधिकारीहरुको नामावली प्रवास इन्चार्ज आङकाजी शेर्पाले पढेर सुनाउनु भयो भने अध्यक्ष यादवले पर्दा खोलेर पदाधिकारी अंकिंत ब्यानरलाई सार्वजानिक गर्नुभयो । कार्यक्रमलाई सहइन्चार्ज लक्ष्मण हुमागाईले संचालन गर्नुभएको थियो ।

संघीय समाजवादी फोरम नेपालको २१ मुलुकमा निर्माण भएको प्रवास अंग संघीय नेपाली समाज र १९ मुलुकमा गठन भएको नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको समायोजन जारी रहेको बेला २१ मुलुकमा निर्माण भई संचालनमा रहेका समितिहरुलाई एक प्रदेशको रुपमा मान्यता दिदै प्रवास विषेश प्रदेश समितिको घोषणा गरिएको हो ।

समाजवादी पार्टीको विधानमा ७ वटा भौगोलिक प्रदेश, १ गैर भैेगोलिक प्रदेश र १ प्रवास बिशेष समिति रहने ब्यवस्था रहेको छ भने पहिचानमा आधारित प्रादेशिक संरचनाका रुपमा चाहि १० बटा राष्ट्रिय समिति र १ शिल्पी विशेष समिति रहेका छन् ।

युके, युएसए, हङकङ, कतार, कुवेत, दक्षिण कोरिया, जापान, इजरायल, पोर्चुगल, बेल्जियम, जर्मनी, फ्रान्स, साइप्रस, मकाउ, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, जर्मनी, क्यानडा, नेदरल्याण्ड, मलेशिया, अष्ट्रेलिया, बहराईन लगायतका मुलुकहरुमा पार्टीको प्रवास अंग सक्रिय रहेका छन ।

प्रवास प्रदेश समितिमा २१ वटा मुलुकका नेपाली समाजका अध्यक्षहरु पदेन सदस्य रहने र प्रवासमा रहनुहुने केन्द्रीय सदस्य, परिषद सदस्य, सल्लाहकारहरु, जनबर्गिय संगठनका अध्यक्षहरु पनि रहने गरि बढिमा ९९ जनाको समिति बन्ने जनाईएको छ ।

Visits: 1423