रौतहटमा संगठन विस्तार तथा सुदृढीकरण

रौतहट । १० फागुन २०७६ । समाजवादी पार्टीका केन्द्रिय सदस्य, विसु अभियान रौतहटका संयोजक विधायक किशोरी यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

विसु अभियानका क्षेत्र नं-२ अन्तर्गत आयोजित समाजवादी पार्टी रौतहट संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियानमा केन्द्रिय सदस्यद्वय पूर्वसांसद बबन सिंह, विश्वनाथ पटेल, जिल्ला इन्चार्ज वृज यादव, समाजवादी पार्टी रौतहटको जिल्ला अध्यक्ष तथा देवाही गोनाही, नगरपालिकाको नगर प्रमुख श्रद्धेय मेयर धर्मेन्द्र पटेल, मेयर राजु यादव, जिससका उपसभापति बशिष्ट यादव, उपमेयर प्रेमलाता कुश्वाहा, जिल्ला, क्षेत्र र नगर स्तरीय नेताहरू लगायत पत्रकारहरूको उपस्थितिमा क्षेत्र नं-२ का क्षेत्र स्तरीय अभिमुखिकरण कार्यक्रम बंकुल बजारबाट शुभारम्भ सम्पन्न भयो ।

– असोक पटेलको सहयोगमा ।

Visits: 1123