दिक्तेल रुपाकोट मझुवागढी नगर–३ मा समाजवादीको वडा समिति गठन

खोटाङ । समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङमा संगठन निर्माण गरिएको छ ।

सोमबार आयोजित भेलाले दिपक राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिशा राई, सचिवमा पवन राई, सहसचिवमा सरोज राई र कोषाध्यक्षमा शारदा राई चयन भएकी छन् ।

भेलामा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. के.के. राई, खोटाङ जिल्ला उपाध्यक्ष पिके खम्बु, नगर समितिका अध्यक्ष निर्मल राई, संघीय परिषद सदस्य कर्ण कार्की, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ, विद्यार्थी युनियनका केन्द्रीय सदस्य रविन खम्बु लगायत नेताहरुको उपस्थिति थियो ।

वडा नं ३ विद्यार्थी युनियनका उपमहासचिव चाम्लिङको क्षेत्र हो । उनले एक महिनाभित्रमा वडाका ९ वटै टोलमा टोलस्तरीय समितिहरु समेत गठन गरिने बताए ।

– News courtesy: www.sarbajanik.com

Visits: 988