समाजवादी पार्टी शहिदभूमि गाउँपालिका–४ मा शम्भु राई

धनकुटा । समाजवादी पार्टीको धनकुटा जिल्लास्थित शहिदभूमि गाउँपालिका वडा नं ४ मा शम्भु राईको अध्यक्षतामा समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा अमित राई, सचिवमा नरेन्द्र राई, सहसचिवमा निरन राई, कोषाध्यक्षमा महेश राई छन् । सदस्यहरुमा विक्रम राई, सन्दिप राई, अदिप राई लगायत छन् । समिति ११ सदस्यीय छ ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अनुरुप संगठन विस्तार गरिएको हो । समाजवादीले विसु अभियानमार्पmत स्थानीय तहको वडा र टोलसम्म संगठन निर्माण गर्ने घोषणा गरेको छ ।

– News courtesy: www.sarbajanik.com

Visits: 1953